भद्रपुर: सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यले अस्पातालबाट भने: ‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ। तल खस्न थाल्यो,’ ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन। ’एकैपल्ट थिचिएको जस्तो अनुभव भयो। सानो प्वालबाट आफैं बाहिर निस्किएँ। त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ।’











