लाली गुराँस फूटबल क्लब क्वार्टर फाइनलमा

photocollage_2024726103218884

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा लाली गुराँस फूटबल क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा बिहीवार भएको तेस्रो प्री-क्वार्टर फाइनल म्याचमा लाली गुराँस फूटबल क्लबले ३/९ गोर्खा राइफल्स (जीआर)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सनमले ४०औं र विशालले ५१औं मिनटमा गोलल गरे। म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवीण प्रधान र युगल खवास थिए जबकि कुणाल छेत्री फोर्थ अफिसियल रहेका थिए। अब शुक्रवार खेलिने चौथो प्री-क्वार्टर फाइनल म्याचमा रिबोर्न फाउण्डेशन र १४ इञ्जीनियर टीमबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement