पेरिस: पूर्व नम्बर एक खेलाड़ी तथा ३ पल्टकी ग्राण्ड स्ल्याम च्याम्पियन एञ्जेलिक कर्बरले बिहीवार पेरिस ओलम्पिकपछि खेलबाट सन्न्यास लिने घोषणा गरेर प्रशंसकहरूलाई चकित पारिन्। जर्मनीकी यस ३६ वर्षीय खेलाड़ीले रोलां ग्यारोमा फ्रेञ्च ओपनलाई छोड़ेर अन्य सबै ग्राण्ड स्ल्याम खिताब जितेकी छन् अनि अब पेरिसमा खेलेर टेनिसबाट विदा लिनेछिन्। पेरिस ओलम्पिकको महिला एकलको शुरुवाती राउण्डमा कर्बरले जापानकी चारपल्टकी ग्राण्ड स्ल्याम विजेता नाओमी ओसाकाको चुनौती स्वीकार्नेछिन्। कर्बरले इन्स्टाग्राममा पोस्टमा लेखेकी छन्, ओलम्पिक खेलहरू शुरु हुन अघि नै म यति भन्न सक्छु कि जीवनमा पेरिस २०२४-लाई कहिले भुल्ने छुइनँ कारण टेनिस खेलाड़ीको रूपमा यो मेरो अन्तिम पेशादार टुर्नामेण्ट हुनेछ। यसैकारण म आफ्नो अन्तिम टुर्नामेण्टलाई यादगार बनाउन चाहन्छु। कर्बरले २०१६-मा अष्ट्रेलियन ओपन र यूएस ओपन जितेकी थिइन्। त्यसपछि उनी विश्वकी नम्बर एक खेलाड़ी बनेकी थिइन्। त्यसको दुई सालपछि उनले विम्बल्डनको रूपमा आफ्नो तेस्रो ग्राण्ड स्ल्याम खिताब जितेकी थिइन्। कर्बर गत केही सालदेखि चोट-आघात र खराब फर्मसँग जुझिरहेकी छन्।










