‘एक पेड मां के नाम’ अन्तर्गत विरुवा रोपण

IMG-20240725-WA0265

गेजिङ: गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक तथा पीएचई एवं जल संसाधन विभागका सल्लाहकार लोकनाथ शर्मा आज वन विभागद्वारा बर्फोकमा आयोजित विरुवा रोपण अभियानमा सहभागी बने।

‘एक पेड मां के नाम ‘पहल अन्तर्गत आयोजन गरिएको बताइएको छ, जुन देशका प्रधानमन्त्री नरेन्द्र मोदीले हालैमा घोषणा गरेका थिए।

मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा पर्यावरणको संरक्षण, हरित सिक्किमको संवर्धन र पर्यामैत्री पर्यटनलाई बढावा दिने उद्देश्यका साथ राज्यव्यापी रूपमा विरुवा रोपण अभियान आयोजना भइरहेको छ। यस क्रममा सिक्किमले रुख रोप्न प्रोत्सहित गर्न एक पेड मां के नाम पहललाई पनि कार्यान्वयन गरिरहेको छ।

कार्यक्रममा विधायक शर्माले रुख रोप्नुको महत्वमाथि बल दिॅंदै सिक्किमका जनतालाई यस महान कार्यमा सहभागी बन्न आह्वान गरे। यस अवसरमा सिक्किम मिल्क युनियनका चेयरमेन, एनएचपीसी बोर्डका चेयरमेन तथा अन्य अधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement