पैह्रोले नागा र रिलमा २८ घर जोखिममा

IMG-20240725-WA0264

गान्तोक: उत्तर सिक्किमको चुङथाङ महकुमा अन्तर्गत टूङ नागा जीपीयूमा पर्ने नागा र रिल वार्डमा ठूलो पैह्रो गएको छ। पैह्रो नागा सार्वजनिक खेल मैदान जाने बाटो छेउ गएको र पैह्रोका कारण लगभग २८ घर प्रभावित बन्ने जोखिम उत्पन्न भएको छ। यस विषयलाई ध्यानमा राख्दै पैह्रो प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा जान सुझाउ दिएको छ।

मंगन जिल्ला प्रशासनले एउटा एडभाइजरी जारी गरेर पैह्रो प्रभावित क्षेत्रका परिवारहरूलाई जीर्णोद्धार कार्य पूरा नभएसम्म अथवा मनसून समाप्त नभएसम्म भारी वर्षाको समय सतर्क बस्न र सुरक्षित ठाउॅंमा जान सल्लाह दिएको छ। एडभाइजरीमा जिल्ला आपदा प्रबन्धन टोली मंगन जिल्लाको अगुवाईमा गत २२ र २३ जुलाईको दिन पैह्रो प्रभावित स्थलको निरीक्षण भ्रमण गरेर क्षयक्षतिको आकलन गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement