लगातार तेस्रो ओलम्पिक पदकको निम्ति तयार छिन् पीभी सिन्धू

IMG-20240725-WA0261

पेरिस: भारतीय ब्याडमिण्टन स्टार पीभी सिन्धूले लगातार तेस्रो ओलम्पिक खेलहरूमा पदक जितेर इतिहास रच्नको निम्ति आफ्नो तयारीहरूमा कुनै कमी राखेकी छैनन् अनि यस लक्ष्यलाई हासिल गर्न उनले गत केही महिनामा अलग-अलग तरिकाले कठोर अभ्यास गरेकी छन्। सिन्धूले रियो ओलम्पिकमा रजत र टोक्यो ओलम्पिकमा काँस्य पदक जितेकी थिइन्। यसपाली पेरिस ओलम्पिकमा पनि पोडियमसम्म पुग्न सके उनी लगातार तीनवटा ओलम्पिकमा पदक जित्ने पहिलो भारतीय बन्नेछिन्। गत केही सालदेखि सिन्धू आफ्नो सर्वश्रेष्ठ फर्ममा रहेकी छैनन् तर गत ८ महिनामा प्रकाश पादुकोणसँग बिताएको समयले उनको आत्मविश्वास बढ़ेको छ अनि उनी लगातार तेस्रो पदक जित्न तयार छिन्। पोर्टे डे ला च्यापल एरेनामा अभ्यास सत्रपछि सिन्धूले भनिन्, निश्चित रूपले पदक जित्नु मेरो लक्ष्य रहेको छ। यो पहिलो, दोस्रो या तेस्रो हुनेछ भन्ने कुरा महत्त्वपूर्ण छैन। मुख्य कुरा पदक जित्नु हो। मैले दुईवटा पदक जितिसकेको छु अनि तेस्रो पदकको बारेमा सोचेर आफूमाथि अतिरिक्त दबाउ सृष्टि गर्न सक्दिन।
उनले भनिन्, प्रत्येक ओलम्पिक नै मेरो निम्ति नयाँ ओलम्पिक हुन्छ। यसैकारण प्रत्येक ओलम्पिकमै मेरो लक्ष्य पदक जित्ने हुन्छ। पदकको ह्याट्रिक चाँड़ै पूरा हुने आशा छ। पेरिस आउन अघि सिन्धूले जर्मनीको सारब्रुकेनमा स्पोर्टक्याम्पस सारमा अभ्यास गरेकी थिइन्, जहाँ समुन्द्र तलदेखि उँचाई, मौसम र परिस्थिति फ्रान्सको राजधानी जस्तै रहेको छ। परिस्थितिहरूसँग सामञ्जस्य मिलाउन उनले आफ्नो कमरामा हाइपोक्सिक चेम्बर (कम्ती अक्सीजन) बनाएकी थिइन् अनि केही दिन त्यहीँ बिताएकी थिइन्। हाइपोक्सिक चेम्बरले खेलाड़ीहरूका शरीरलाई अधिक उँचाई भएको स्थानहरूमा खेल्न तयार गर्छ। सिन्धूले भनिन्, म अभ्यासको निम्ति अधिक उँचाई भएको स्थानमा जान सक्दिन थिएँ। मसँग अधिक समय थिएन। यसैकारण मैले अन्यत्र जानुको सट्टा यस्तो परिस्थिति तयार गर्ने फसेला गरे।
यस स्टार भारतीय खेलाड़ीले बताएअनुसार, उनले आफ्नो स्ट्रोक्समा सुधार गरेकी छन् अनि लामो ऱ्यालीहरूमा उनी पहिलाभन्दा असल प्रदर्शन गरिरहेकी छन्। पादुकोणसँग अभ्यास गर्ने अनुभवबारे सिन्धूले भनिन्, स्ट्रोकमा धेरै आत्मविश्वासी छु। यसबाहेक महिला एकलमा अहिले धेरै लामो ऱ्यालीहरू र लामो अवधिको म्याचहरू हुन्छ अनि मैले आफूलाई त्यसको निम्ति तयार गरेकी छु। यस खेलमा प्रत्येक प्रतिद्वन्द्वीविरुद्ध अलग शैली अप्नाउनु पर्छ अनि सही समयमा सही स्ट्रोक लगाउनु आवश्यक हुन्छ। प्रकाश सरले यस कुरामाथि विशेष ध्यान दिए अनि हामीले यसमा काम गऱ्यौं। धेरै सुधार आएको छ। यो कुरा तपाईंले कोर्टमा देख्नु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement