गाजोल सहकारी बैंक डकैती प्रकरणमा पुलिसको ठूलो सफलता, चार डाँका पक्राउ

IMG-20240725-WA0205

मालदा: गाजोल सहकारी बैंक डकैती प्रकरणमा पुलिसले ठूलो सफलता हात पारेको छ। सहकारी बैंक डकैतीमा संलग्न आठमध्ये चार अपराधीलाई पुलिसले पक्राउ गरेको छ। जिल्ला पुलिस उपरीक्षक प्रदीपकुमार यादवले आज सो जानकारी दिए। लुटपाटबाट भाग्ने क्रममा पुरानो माल्दाको भावुक मण्डिलपुर क्षेत्रमा डकैत गिरोह र पुलिस बीच गोली हानाहान भएको थियो। पुलिसको गोली लागेर दुई लुटेरा घाइते भएका छन्। लुटेराले भाग्ने क्रममा झोला त्यहीँ फ्याँके। पुलिसका अनुसार उक्त झोलामा ३ वटा सकेट बम थियो।

यसैबीच, बिहीबार बिहान मालदा पुलिस, सीआईडी ​​बम डिस्पोजल टोली र दमकल घटनास्थलमा पुगेर झोलाबाट ३ सकेट बम बरामद गरेको छ। खाली ठाउँमा बम निष्क्रिय पारिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement