दस सदस्य टोलीले सफलतापूर्वक लदाखको दुईवटा पर्वत आरोहण गरे

IMG-20240725-WA0253

गान्तोक: नाम्ची जिल्लाको आइएटसीएइ चेम्चेका दस जना सदस्य गत केही दिन अघि लदाखको दुई वटा पर्वत जस्तै क्याङगसे १ अनि क्याङगसे २ पर्वतरोहणको निम्ति गएको र उनीहरूले दुईवटै पर्वतरोहण सफलतापूर्वक सम्पन्न गरेको विज्ञप्तिमा बताइएको छ। राजीब राईद्वारा जारी गरिएको एक विज्ञप्तिमा राजीब राईको नेतृत्वमा गएको टोलीमा टेक्निकल नेतृत्व शान्ति राईले गरेकी थिइन्। उल्लेखनीय छ, गत १० जुलाईको दिन राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले दसजनाको टोलीलाई झण्डा हल्लाएर लदाख प्रस्थान गराएका थिए। विज्ञप्तिमा उल्लेख गरिए अनुसार समय सीमा भित्र नै राज्यबाट गएको टोलीले दुईवटा पर्वतरोहन सफलतापूर्वक आरोहण गरेका छन्।टोलीका नेतृत्वले जानकारी गराए अनुसार १७ जुलाईदेखि मार्खा गाउँबाट उनीहरूले यात्रा शुरू गरेको र १८ जुलाईको दिन बेस क्याम्पमा पुगेका थिए। टोलीले बेस क्याम्पमा पुगेपछि पर्वतरोहण गर्ने योजनामा केही परिवर्तन गरेका थिए। विशेष गरेर तकनिकी समस्याको कारण उनीहरूले आफ्नो रणनीतिमा केही परिर्वतन गरेको पनि उल्लेख गरिएको छ। प्रतिकूल मौसमको कारण आफ्नो योजना साथै रणनीतिमा परिवर्तन गरेको बताइएको छ। यसर्थ टोलीले सर्व प्रथम केवाई १ मा चढने निर्णय लिएको र उनीहरू २० अगस्तको दिन बेस क्याम्पमा पुगेका थिए अनि १०:३० बजी शुरू गरेर बिहानको ५ बजीसम्म ६४०० मिटर उचाईमा पुग्न सफल बनेको जानकारी गराइएको छ। सोही प्रकारले केवाइ २ मा पुग्न उनीहरूलाई ७ घण्टाको समय लागेको थियो।टोलीले गत २२ जुलाईको दिन उक्त पर्वतको चुचोरोमा पुगेर राज्यको नाम रोशन गरेका छन्। टोलीले राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ र पर्यटन विभागको सहयोगले यो यात्रा सफल भएकोमा कृतज्ञता प्रकट गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement