सिक्किम विधानसभाका अध्यक्ष र उपाध्यक्षले गरे राज्यपालसँग भेट

IMG-20240725-WA0248

गान्तोक: सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राज कुमारी थापा, सचिव र प्रधान सचिवले आज राज्यका राज्यपाल लक्ष्मण प्रसादसँग उनको सरकारी निवास राजभवनमा भेट गरे। भेटको क्रममा विशेष गरेर आगामी जुलाईदेखि शुरू हुने बजेट सत्रको निम्ति राज्यपाललाई औपचारिकरूपमा निमन्त्रणा दिएका छन्। राज्यपालले निमन्त्रणालाई स्वीकार्दै अवश्य पनि उपस्थिति जनाउने बताए। सिक्किम विधान सभाको विधायी कार्यको हिस्सा बन्न पाउनु आफ्नो विशेषाधिकार रहेको र जसले अन्ततः राज्यको प्रगति र समृद्धिको लागि मार्ग प्रशस्त गर्ने राज्यपालले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement