सिलगढी: पछिल्ला केही दिनदेखि सिलगढीमा महिला र बालबालिका बेपत्ता भएको अफवाह फैलिएको छ। यो अफवाह यसरी फैलिएको छ कि सिलगढी र आसपासका क्षेत्रका मानिसहरु निकै त्रसित छन् र आफ्ना छोराछोरीलाई घरबाट एक्लै बाहिर निस्कन दिइरहेका छैनन्। तर, यसबीचमा पुलिसले शहरमा कुनै पनि बालबालिका वा व्यक्ति बेपत्ता नभएको बरु यो अफवाह मात्र भएको र अफवाह फैलाउनेलाई कारबाही गरिने बताएको छ। पुलिसले प्रष्ट शब्दमा अपहरणजस्तो घटना कतै नआएको बताएको छ। यसैबीच बिहीबार बिहान एनजेपी थानाको जमुरिभिता क्षेत्रमा एक युवकलाई सर्वसाधारणले कुटपिट गरेका छन्। ती युवक नानी चोर्न आएका हुनसक्ने आशंका मानिसहरूले गरेका छन्। मानिसहरूलाई शंका लागेपछि उनीहरूले उनलाई समातेर कुटपिट गर्न थाले। सूचना पाएपछि पुलिस चौकीबाट घटनास्थलमा पुगेर युवकलाई पुलिस चौकीमा ल्याएको स्थानीयवासीले युवक चोरी गर्न खोजेको भन्दै रंगेहात पक्राउ गरेको आरोप लगाएका छन्। घटनाको सम्पूर्ण अनुसन्धानमा एनजेपी पुलिस चौकी व्यस्त छ।










