गेजिङ: माउन्ट कञ्चन एकाडमी एक निजि अंग्रेजी विद्यालय स्थापना भएको २५ वर्ष पुगेकोमा रजत जयन्तीका रुपमा भव्य रुपमा मनाउने निर्णय गरिएको छ। उत्कृष्ट शिक्षा र अनुकरणीय नैतिक मूल्य मान्यताका लागि प्रख्यात विद्यालयले यस महत्वपूर्ण अवसरलाई मनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने तयारीमा रहेको छ।विद्यालयका व्यवस्थापन, शिक्षक, स्थानीय बुद्धिजीवी वर्गको एक सभाले उक्त निर्णय लिएको हो। मानेबुङ – देन्ताम क्षेत्रमा पर्ने माउन्ट कन्चन एकाडमी एक निजि अंग्रेजी विद्यालय हो जसको स्थापना १९९८ मा भएको थियो।विद्यालयको प्रेक्षागृहमा यस जयन्तीलाई मनाउने निर्णय लिएपछि एउटा पहिलो सभा बस्यो जसको अध्यक्षता शिक्षा विभागका पूर्व निर्देशक जेपीछेत्रीले गरेका थिए।
विद्यालयले गत वर्ष नै रजत जयन्तीको संघारमा पाइला टेकेको तर यस वर्ष मात्र रजत जयन्ती पालन गर्ने निर्णय लिएको हो। आगामी नोभेम्बर महिनाको अन्तिम साताको समयमा शिक्षण प्रणालीलाई कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले यो कार्यक्रम नोभेम्बर महिनामा पालन गर्ने सभाले निर्णय लिएको छ। विद्यालयको विकास यात्रालाई प्रेरणादायी बताउँदै भविष्यका लागि उदाहरणीय रहने वक्ताहरूले बताए।
उक्त कार्यक्रममा नानीहरुको शिक्षण प्रणाली ,योग्यता , क्षमता, कला, खेल लगायत संस्कृतिलालाइ आधुनिकताको संगममा प्रदर्शनी गर्ने निर्णय लिएको छ। आगामी ४ अगस्तमा विद्यालयले अन्तिम सभा डाकेर यस कार्यक्रमको कार्य विभाजन गर्ने भएको छ।उक्त सभामा कार्यक्रम आयोजक समितिका अध्यक्ष लगायत अन्य कार्यकारीणि समितिको चयन गर्दै विद्यालयका पूर्व विद्यार्थीहरू अभिभावकहरुले पनि आफ्नो उपस्थित दिएर आफ्ना अनुभवहरू साट्ने छन्।











