दलमोरमा कप्तान रामहिसिंह ठकुरीको सालिक अनावरण

IMG-20220815-WA0285.jpg

बीरपाडा: मदारीहाट-वीरपाडा खण्ड अन्तर्गत पर्ने दलमोरको कोठी लाइनमा स्वतन्त्रता सेनानी कप्तान रामसिंह ठकुरीको आज पुर्णाङ्ग सालिकको अनावरण गरियो। उक्त सालिगको अनावर मुख्य अतिथि समाजसेवी कीर्तन छेत्रीको बाहुलीबाट गरिएको थियो। ७५औँ आजादीको अमृत महोत्सव मनाउँदै स्वतन्त्रता सेनानीको सालिग अनावरण गरिएको थियो।

कार्यक्रमका अध्यक्ष डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, प्रमुख अतिथि कीर्तन छेत्री, समाजसेवी लक्ष्मण लिम्बु, शिक्षिका दुर्गा गुरुङ, बीरपाडा नेपाली उच्चतर विद्यालयका भारप्राप्त शिक्षक अनुप कुमार शर्मा आदिद्वारा कप्तान रामसिंह ठकुरीको तस्वीरमा धुप, दीप र पुष्पार्पण गरे पश्चात कार्यक्रमको शुभारम्भ भएको थियो। कार्यक्रममा सालिक निर्माण समितिका सचिव स्वागन थापाले स्वागत भाषण राखेका थिए। डुवर्सका युवा कवि किरण उपाध्यायले कप्तान रामसिंह ठकुरीबारे र सङ्गीतमा तिनको योगदानबारे सम्भाषण राखेका थिए। कार्यक्रमको सञ्चालन समितिका कोषाध्यक्ष अभिजीत मिजार र कृष्ण छेत्रीले गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement