हात्तीको उपद्रोमा एक जनाको मृत्यु

photocollage_202472515351302

जलपाईगढी: डुवर्समा हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। यसपटक हात्तीको उपद्रोमा एक पुरुषको ज्यान गएको छ भने श्रीमती पनि गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा बब्लु उराँव (५९) रहेको छ भने घाइते महिलाको सनाखत लछो उराँउ (४४) रहेको छ। यो घटना डुवर्सको मेटली ब्लकको उत्तरी धुपझोरा मूर्ति वन गाउँ क्षेत्रमा भएको हो। बुधबार राति गोरुमारा जंगलबाट मुर्तिवान गाउँ क्षेत्रमा जंगली हात्ती पसेको बताइएको छ। हात्तीले घरको पछाडीको बार भत्काएर बब्लुलाई सोँडले घरभित्रबाट बाहिर निकाल्यो। घरको बार भाँच्दा घरको एक भाग भाँचियो र ठूलो दाउराले किचेर श्रीमती गम्भीर घाइते भएकी हुन्। यसैबीच हात्तीले घरबाट बबुल निकालेर कुल्कायो। स्थानीयवासीले यो कुरा बुझेर कराउन थालेपछि हात्ती फेरि जंगलतिर पस्यो। खबर पाएर राति नै मेटली पुलिस चौकीबाट पुलिस र खुनिया रेन्जका वनकर्मी घटनास्थलमा पुगेका थिए। यसैबीच बब्लु र उनकी श्रीमतीलाई चाल्सा तुर्मसी ग्रामीण अस्पताल पुर्‍याउँदा ड्युटीमा रहेका चिकित्सकले बब्लुलाई मृत घोषणा गरेका थिए। यता उनकी श्रीमतीको अवस्था गम्भीर रहेको र उनलाई माल सुपर स्पेशलिटी अस्पतालमा लगिएको छ। मृतकका परिवारले सरकारी नियमअनुसार क्षतिपूर्ति पाउने वन विभाग स्रोतले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement