डेङ्गु नियन्त्रणका लागि वार्ड नम्बर ३३ मा मेयरको नेतृत्वमा अभियान थालियो

IMG-20240725-WA0171

सिलगढी: सिलगढीमा पछिल्ला केही दिनमा डेंगुका बिरामीको संख्या बढेको छ। यसैलाई ध्यानमा राख्दै आज सिलगढी नगरपालिकाले शहरको ३३ नम्बर वार्डमा अभियान शुरु गरेको छ, जसको नेतृत्व मेयर गौतम देव आफैले गरे। यस अवसरमा एमआईसी माणिक दे लगायतका पार्षदहरुको उपस्थिति रहेको थियो  मेयरको नेतृत्वमा र्‍याली निकालेर डेङ्गुबारे सचेतना गराइयो। तर, यो सचेतना अभियानका क्रममा केही महिलाले वार्डको सरसफाई राम्ररी नगरेको गुनासो गरे। साथै विभिन्न ठाउँमा फोहोर जम्मा भएर डेंगुको लार्भा फैलिने गरेको छ। वार्ड नम्बर ३३ डेंगुको सम्वेदनशील वार्ड हो कि होइन भनेर मेयरलाई सोध्दा मेयरले यो संवेदनशील वार्ड नभएको बताए। तीन साताअघि यहाँ दुई जना बिरामी फेला परेकाले त्यसयता कुनै पनि डेंगुको बिरामी फेला परेका छैनन् र दुवै बिरामी पूर्णरुपमा निको भएका छन्। डेंगुबारे जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी भइसकेको उनले बताए। डेंगुको पूर्ण निगरानी भइरहेको छ। यो वडाको पनि अनुगमन भइरहेको छ। यससँगै खाली जग्गाका सम्बन्धमा मेयरले केही व्यक्तिले पर्खाल बनाएर जग्गा छाडेको बताए। त्यस्ता ३५ स्थान पहिचान गरी मालिकलाई कारबाही गर्न भनिएको छ। यस्तो जग्गा १०–१२ ठाउँमा परेको छ जसको मालिक कोही सिलगढीमा र कोही सिलगढी बाहिर छन्। ती सबैलाई नोटिस पठाइने र सूचना दिएर पनि ध्यान नदिए कानुनबमोजिम कारबाही गरिनेछ। चार–पाँच वार्डमा डेंगु फैलिँदै गए पनि रोक्नका लागि सबै किसिमका पहल भइरहेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement