नाम्चीको भाइचुङ स्टेडियममा ७५औं स्वतन्त्रता दिवस पालन

photocollage_2022815223555239.jpg

नाम्ची: आज राज्यस्तरीय ७५औं स्वतन्त्रता दिवस नाम्चीको भाइचुङ स्टेडियममा भव्यरूपमा पालन गरियो। मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री पीएस तामाङले राष्ट्रिय झन्डा उत्तोलन गरे। उनले एसएसबी, सिक्किम पुलिस, सिक्किम आर्म पुलिस आदिको परेड प्रदर्शन अवलोकन गर्दै सलामी लिए।

कार्यक्रममा सम्बोधन गर्दै सिक्किममा वैकल्पिक राष्ट्रिय राजमार्ग नभएको समस्यालाई झेल्दै पनि सिक्किमले देशप्रति समर्पणको उदाहरण पेश गरेको बताए। प्रधानमन्त्री मोदीको दिशानिर्देशमा आजादीको अमृत महोत्सव सिक्किमले हर्षोउल्लासको साथमा पालन गरेको बताउँदै यसको लागि सिक्किमे जनतालाई धन्यवाद दिए। यस क्रममा उनले प्रत्यक्ष रूपमा सिक्किम सरकारसमक्ष माग नआए पनि सिक्किमको घट्दो प्रजनन क्षमता दरलाई मध्य नजरमा राखेर शिक्षिकाहरूको जस्तै सरकारी कर्मचारीहरूको पनि मातृत्व विदा एक वर्ष बनाउने घोषणा गरे।

आ-आफ्नो स्थानबाट राज्य र देशको सेवा गर्ने अनुरोध गर्दै उनले शिक्षक, पहरी आदिदे आफ्नो जिम्मावरी राम्रोसँग पूरा गरे, त्यो नै देश भक्ति रहेको उल्लेख गरे। भारतमा सिक्किम सामेल भएको ४७ वर्ष पूरा भएको र यस अवधीसम्म सिक्किमले धेरै प्रगति गरेको अवगत गराउँदै उनले एसकेएम सरकारले सिक्किमको हितमा काम गरिरहेको बताए। एसकेएम सरकारका विभिन्न उपलब्धीहरूमाथि प्रकाश पार्दै उनले पूर्व सरकारमा नभएका कामहरू एसकेएम सरकारमा भएको दाबी गरे। थाँतीमा रहेको माङ्सीला डिग्री कलेजको पूर्वाधारको निर्माण कार्य चाँडै पूरा गर्ने बताए।

उल्लेखनीय छ, यस अवसरमा मुख्यमन्त्रीले सिक्किम आमा सशक्तिकरण योजना, मोबाइल भिलेज क्लिनिक, प्रतिबन्धित र सुरक्षित क्षेत्रको लागि पर्यटकहरूको लागि अनलाइन परमिटको सुविधाको शुरूवात गरे। कार्यक्रममा विभिन्न स्कूलका विद्यार्थीवर्गले व्याण्ड ड्रिल, साँस्कृतिक नृत्य आदि प्रस्तुत गरेका थिए। त्यसरी नै नाम्ची स्पोर्टिङ कल्बले आयोजना गरेको फुटबल प्रतियोगितामा टाइ ब्रेकरमा रेड पान्डा एफसीले हिमालयन एससीलाई पराजित गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *