सिंगताम: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा बिहीवार दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगको दुईवटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको दिनको पहिलो म्याचमा सिंगताम युनाइटेड फूटबल क्लबले लेबोंग युनाइटेड क्लबलाई ५-१-ले पिट्यो। विजेता टीमबाट म्याचमा प्रथम मुखियाले ह्याट्रिक गरे। उनले ३६औं, ६८औं र ७७औं मिनटमा गोल गरे।यसबाहेक अन्य दुईवटा गोल निशान्तले ५७औं र ७०औं मिनटमा गरे। यसरी लेबोंगको टीमबाट सुजन तामाङले ५८औं मिनटमा गोल गरे। यसरी दिनको दोस्रो म्याचमा पोख्रेबुंग फूटबल क्लबले दार्जीलिङ लुसेउरी तराई एफसी-लाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट अभि राईले २ गोल गरे। उनले नवौं र ७४औं मिनटमा गोल गरे। यसबाहेक मिलन रसाईलीले १६औं र निवेदन दासले २९औं मिनटमा गोल गरे। यसरी दार्जीलिङ लुसेउरी तराई एफसी-बाट भुवनेश राईले ४९औं र पी थामीले ८०औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान र अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।










