मेनपावर व्यवसायी विराटनगरकाे हाेटलमा मृत भेटिए

IMG-20240725-WA0217

झापा: एक जना मेनपावर व्यवसायी विराटनगरमा मृत भेटिएका छन्। सुनसरीकाे इनरुवा नगरपालिका -६ घर भएका २८ वर्षीया राजिव फुयाल बिहिबार बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको हाेटलमा मृत भेटिएका हुन्। हाेटलकाे १०८ नम्बर काेठामा झून्डिएकाे अवस्थामा उनकाे शव भेटिएको छ। अहिले घटना स्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डिएसपीकाे नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ। मृतक फुयाल लामाे समयदेखि मेनपावर संचालन गरेर बसेकाे बुझिएको छ। उनले बुधबार भारत हुँदै २५ जना युवालाई डेन्मार्क पढाउने भनेर विराटनगर लिएर आएका थिए। उनी विराटनगरकाे नयाँ गुद्री अगाडि बसेका थि। भने बिदेश जाने युवाहरू भने रानी क्षेत्रमा बसेका थिए।बिहान युवाहरू बिच नआएपछि खाेज्दै हाेटलमा पुग्दा उनी मृत भेटिएका हुन्। एक जनाबाट उनले ७ लाख लाग्ने बताएका थिए। बिदेश पढाउनुभन्दा अगाडि एक जनाबाट ढेल लाख लिएका थिए। बाकी रकम बिदेश पुगेपछि दिने भनिएकाे मुकेश कुमार पन्डितले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement