सुन्दरहरैचाका दुई सहित ७ लागुऔषध कारोबारी पक्रउ

IMG-20240725-WA0212

झापा: मोरङ र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१६ स्थितमा चेकजाँचको क्रममा को. १९ प ८५९२ नम्बरको मोटरसाईकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका-५ का २५ बर्षीय अभिषेक चौधरी र सुन्दरहरैचा-४ का ३० बर्षीय उज्वल सापकोटालाई ३ ग्राम २४ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो। यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट नयाँबसपार्क बिर्तामोडको प्रहरी टोलीले सिन्धुलीका २८ बर्षीय धन बहादुर बस्नेतलाई ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित र मेचीनगर-६ धाईजनका ३० बर्षीय सोनु तामाङ र २८ बर्षीय शुरेश गुरुङलाई १ ग्राम ८७० मिलिग्राम ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय धुलावारी र लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाको प्रहरी टोलीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।यस्तै, इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र.१-०१-०१५ प ७८०८ नम्बरको स्कुटरमा सवार कमल गाँउपालिका-१ का २९ बर्षीय मौसम लिम्बु र ३६ बर्षीया सर्मिला राईलाई ५ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement