झापा: प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब रु चार करोड भेटी सङ्कलन भएको छ। स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम सङ्कलन गरिएको हो। पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार जुलाई, अगस्त, सितम्बर, अक्टूबर र नोमेंबरमा मात्रै रु.१ करोड ६ लाख ४३ हजार १ सय ७२ भेटी सङ्कलन भएको थियो। दिसंबरमा रु.३५ लाख २९ हजार, जनबरीमा रु.२४ लाख १ हजार ५ सय र फागुनमा रु.५५ लाख ६० हजार ८ सय ८० भेटी सङ्कलन भएको समितिले जनाएको छ।पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताउछन्। मार्चमा मात्र रु.७५ लाख ७ हजार १ सय ५० भेटी सङ्कलन भएको उनले जानकारी दिए। पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अप्रिलमा रु.६९ लाख ३२ हजार ४ सय, मईमा रु.१५ लाख ६५ हजार ९ सय ६५ र जुनमा रु.१६ लाख ८८ हजार ९ सय भेटी सङ्कलन भएको उल्लेख गरिएको छ। गत आर्थिक वर्षमा २ लाख ३१ हजार ३ सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ।









