जलपाईगुडीको आवासीय क्षेत्रमा १२ फुट लामो अजिंगर फेला पर्यो

IMG-20240725-WA0197

जलपाईगडी: मालबजार ब्लकको उदलाबारी खोचबस्ती क्षेत्रमा हिजो राति प्लाष्टिकको जालमा ठूलो अजिंगर फसेको छ। जालमा ठुलो अजगर फसेको देखेपछि स्थानीयले वन विभागलाई खबर गरेपछि राति गजलडोबा वनकर्मीले जाल काटेर अजिङ्गरलाई बचाएका थिए। यो अजिंगर करिब १२ फिट लामो रहेको बताइएको छ। राति नै वनकर्मीले अजिंगरलाई जंगलमा छाडेका थिए। राति अजिंगर फेला परेको खबर पाएपछि नासका सदस्यहरू पनि वनकर्मीलाई सहयोग गर्न पुगेका थिए। यति ठूलो अजिंगर बस्तीमा कसरी आयो भनेर स्थानीयवासी अचम्ममा परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement