पेस बलर चमीरा टी२० र वनडे सीरीजबाट बाहिर

IMG-20240725-WA0146

कोलम्बो: श्रीलंकाका पेस बलर दुष्मन्ता चमीरा चोटले गर्दा भारतविरुद्ध सीमित ओभरहरूका घरेलु सीरीजबाट बाहिर भएका छन्। मुख्य चयनकर्ता उपुल थरंगाले यस्तो जानकारी दिएका छन्। श्रीलंका क्रिकेटले चाँड़ै उनको स्थानमा नयाँ खेलाड़ीको घोषणा गर्नेछ। थरंगाले भने, हामीलाई जुन रिपोर्ट प्राप्त भएको छ त्यसको आधारमा दुष्मन्ता चमीराले भारतविरुद्ध टी२० र वनडे सीरीज खेल्न नसक्ने हामी पुष्टि गरिरेका छौं। उनको स्थान लिने नयाँ खेलाड़ीको नामको घोषणा चाँड़ै गरिनेछ। पत्रकार सम्मेलनमा थरंगासँग टीमका अन्तरिम मुख्य प्रशिक्षक सनत जयसूर्या पनि उपस्थित थिए। श्रीलंकाको निम्ति २०१५-मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गर्ने ३२ वर्षीय चमीराको करियर चोट-आघातले भरिएको रहेको छ। उनले अहिलेसम्म १२ वटा टेस्ट, ५२ वटा वनडे र ५५ वटा टी२० इण्टरनेशनल म्याच खेलेका छन्। यसमा उनले क्रमशः ३२, ५६ र ५५ विकेट लिएका छन्।
चमीराले हालै समाप्त भएको लंका प्रीमियर लीगमा केण्डी फाल्कन्सबाट अन्तिम केही म्याच खेलेका थिएनन्। उनको चोट कहिले लागेको थियो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन। चोटले गर्दा नै उनले २०२२-मा एशिया कप र अष्ट्रेलियामा भएको टी२० वर्ल्ड कपमा हिस्सा लिएका थिएनन्। काँधको चोटले गर्दा उनी २०२३-को एशिया कपमा पनि खेलेनन्। भारत र श्रीलंकाबीच टी२० सीरीज २७ जुलाईदेखि पाल्लेकलमा शुरु हुनेछ। रहल दुईवटा टी२० म्याच २८ र ३० जुलाईमा खेलिनेछ। त्यसपछि दुई टीमबीच ३ वटा वनडे म्याचको सीरीज खेलिनेछ।

About Author

Advertisement