नीता अम्बानी दोस्रोपल्ट आईओसी सदस्य चयन

IMG-20240725-WA0131

नयाँ दिल्ली: रिलायन्स फाउण्डेशनकी संस्थापक तथा अध्यक्ष नीता अम्बानीमाथि अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)-ले फेरि एकपल्ट भरोसा व्यक्त गऱ्यो। उनलाई सर्वसम्मतिद्वारा एकपल्ट फेरि आईओसी सदस्य चयन गरियो। उनको पक्षमा जम्मा ९३ भोट खस्यो। नीता अम्बानीलाई २०१६ रियो डी जेनेरियो ओलम्पिकको अवधि पहिलोपल्ट आईओसी सदस्य चयन गरिएको थियो। नीता अम्बानीको पक्षमा शत प्रतिशत भोट आयो। त्यसपछि उनलाई अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदस्य चयन गरियो। यस अवसरमा उनले भनिन्, आईओसी-को सदस्यको रूपमा फेरि चयन हुँदा म धेरै सम्मानित अनुभव गरिरहेकी छु। म अध्यक्ष (थोमस) बाख र आईओसी-मा आफ्ना सबै सहयोगीहरूलाई ममाथि विश्वास र भरोसा देखाएकोमा धन्यवाद दिन चाहन्छु। यो पुनर्निवाचन मेरो निम्ति व्यक्तिगत माईलखुट्टी मात्र नभएर यसले वैश्विक खेल क्षेत्रमा भारतको बढ़्दो प्रभावलाई देखाउँछ। म हरेक भारतीयसँग यस खुशी र गर्वको क्षणलाई साझा गर्न चाहन्छु। म भारत अनि विश्वभरि ओलम्पिक आन्दोलनलाई मजबूत गर्न तत्पर छु।
नीता अम्बानीको नेतृत्वमा ४० सालको प्रतीक्षापछि भारतलाई आईओसी-को वार्षिक बैठक आयोजन गर्ने अधिकार प्राप्त भएको थियो। साल २०२३-मा मुम्बईको जियो वर्ल्ड सेण्टरमा यसको सफल आयोजन गरिएको थियो। यसरी नीता अम्बानीकै नेतृत्वमा पहिलोपल्ट ओलम्पिकमा इण्डिया हाउस बनाइएको छ। इण्डिया हाउस पेरिस ओलम्पिकमा भारतीय खेलाड़ीहरू, समर्थकहरू र दर्शकहरूका निम्ति भारतदेखि बाहिर दोस्रो घर झैं हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement