विश्वका नम्बर एक खेलाड़ी सिनरले ओलम्पिकमा हिस्सा नलिने

IMG-20240725-WA0125

नयाँ दिल्ली: विश्वका नम्बर एक खेलाड़ी यानिक सिनर घाँटीको संक्रमण (टन्सिल)-ले गर्दा बुधवार पेरिस ओलम्पिकबाट हटे। इटलीका यस २२ वर्षीय खेलाड़ीले बताएअनुसार, डाक्टरले उनलाई ओलम्पिक खेलहरूमा हिस्सा नलिने सल्लाह दिएका छन्। जनवरीमा अष्ट्रेलियन ओपनको साथ आफ्नो पहिलो ग्राण्ड स्ल्याम खिताब जित्ने सिनर गत महिना फ्रेञ्च ओपनको सेमिफाइनलमा पुगेर एटीपी ऱ्याङकिंगमा विश्वका नम्बर एक खेलाड़ी बनेका थिए। ओलम्पिक टेनिसको ड्र बिहीवार निकालिनेछ अनि म्याचहरू शनिवारदेखि शुरु हुनेछ। सिनरले एक्स-मा लेखेका छन्, ओलम्पिकबाट चुक्नु ठूलो निराशा हो कारण यस सत्रमा यो मेरो मुख्य लक्ष्यहरूमा एउटा थियो। म यस महत्त्वपूर्ण टुर्नामेण्टमा आफ्नो देशको प्रतिनिधित्व गर्ने सम्मान हासिल गर्न चाहन्थे। अहिले म टुर्नामेण्टबाट नाम फिर्ता लिन वाध्य भएको छु। उल्लेखनीय छ, यसअघि सिनरले दानिल मेदवेदेवविरुद्ध विम्बल्डनको क्वार्टर फाइनलमा हारको सामना गर्नु परेको थियो। त्यस म्याचको अवधि उनले ट्रेनरबाट उपचार लिनु परेको थियो। त्यस समय उनको चोटबारे स्पष्ट केही थाहा लागेको थिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement