भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्ति सामाबियोड शाखा अनि अलिशा मेमोरियल स्कूलको आयोजनामा स्वतन्त्रता दिवस पालन

IMG-20220815-WA0275.jpg

गोरुबथान: देशभरि स्वतन्त्रता दिवस सारा भब्य रुपमा पालन गरियो। यस्तैमा गोरुबथान खण्डको सामाबियोङ चियाकमानको खेल मैदानमा ७५औं स्वतन्त्रता दिवस भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्ति सामाबियोङ शाखा अनि अलिशा मेमोरियल स्कूलको प्रयासमा पालन गरियो। आजको कार्यक्रमको मुख्य अतिथि कमलदास मुखिया भूतपूर्व सुबेदार भारतीय सेना रहेका थिए साथै विशिष्ट अथितिको रुपमा अशोक छेत्री सभापति युवा शक्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महकुमा समिति रहेका थिए। यस कार्यक्रमको उदघोषिकाको रुपमा अलीशा मेमोरियल स्कूलका सहशिक्षिका झरना छेत्रीले गरेकी थिइन्। आजको कार्यक्रममा विशेषगरि आकाश दीप मुखियाका पिता कमल दाद मुखिया तथा माता रोशनी मुखियाको सुपुत्र आकशदीप मुखिया जो भारतीय जल सेनामा लेफ्टिनेन्ट बनेका छन् जसले सम्पुर्ण सामाबियोङ क्षेत्र साथै गोर्खाको नाउँ रोशन गरको खण्डमा उहाँलाई अलिशा मेमोरियल परिवारद्वारा अभिनन्दन पत्र प्रदान गरेर सम्मान जनाइयो। बिशिष्ट अतिथिको रुपमा रामचन्द्र सुनुवार भूतपूर्व सैनिक भारतीय सेना,स्थानीय शेर्पा गाउँ निवासी सोनाम शेर्पा बिट अफिसर फरेस्ट अरु अन्यले सहभागिता जनाएको थियो। स्वागत भाषण केल्भिन रसाइली प्रभारी अलिशा मेमोरियल स्कूलले दिएका थिए भने कार्यक्रमको सुरुवात बिनोद निरौला बडाबाबु सामाबियोडद्वारा गरिएको थियो। विशेषगरि तीनवटा स्कूल: बिएम उच्च विद्यालय, हिल बड अङ्गेजी स्कूल र अलीशा मेमोरियल स्कूलका नानीहरूद्वारा परेड, नृत्य, ड्रिल, सामुहिक गीत प्रस्तुत गरियो साथै अलिशा मेमोरियल स्कूलका अविभावक आमाहरूद्वारा नेपाली नृत्य प्रस्तुत गरि कार्यक्रमलाई रोचक बनाएका थिए। अलिशा मेमोरियल स्कूलका नानीहरू लगायत सम्पूर्ण शिक्षक शिक्षिकाहरू सम्पूर्ण अभिभावकहरूद्वारा अमृत महोत्सव भारत स्वाधीन भएको ७५ वर्षगाठ पुगेको उपलक्ष्यमा राष्ट्रिय झण्डा बोकेर सम्पुर्ण परिसर परिक्रमा पनि गरियो।

सम्भाषणको रूपमा विशेषगरी आजको मुख्य अतिथि कमल दास मुखीया, अशोक छेत्री अनि बीएम् उच्च विद्यालयका प्रधान अध्यापकद्वारा स्वतन्त्रता दिवस किन पालन गर्नुपर्ने साथै भारत स्वाधीन कसरी भयो भन्ने इतिहास बताउनु भयो।
अन्तमा आयोजक समिति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिका सभापति अञ्जील शर्माद्वारा धन्यवाद भाषण दिँदै कार्यक्रमलाई समाप्त गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *