रोमाञ्चक जीत हासिल गरी क्वार्टर फाइनलमा पुग्यो मतिगढ़ा फूटबल क्लब

photocollage_2024725102529928

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मतिगढ़ा फूटबल क्लबले पेनल्टी शूटआउटमा रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा बुधवार भएको दोस्रो प्री-क्वार्टर फाइनल म्याचमा मतिगढ़ा फूटबल क्लबले अल स्टार बागडोग्रालाई पेनल्टी शूटआउटमा ७-६-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-३-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा मतिगढ़ा फूटबल क्लबबाट अजयले १५औं र ५९औं मिनटमा २ गोल गरे। यसरी अल स्टार बागडुग्राबाट जुना मुण्डाले २६औं र बिट्टुले ३६औं मिनटमा गोल गरे।आजको म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवीण प्रधान र युगल खवास थिए जबकि कुणाल छेत्री फोर्थ अफिसियल रहेका थिए। अब बिहीवार खेलिने तेस्रो प्री-क्वार्टर फाइनल म्याचमा ३/९ गोर्खा राइफल्स (जीआर) र लाली गुराँस फूटबल क्लबबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement