कोहली र गम्भीरबीच मतभेद नरहेको दावी गरे आशिष नेहराले

IMG-20240724-WA0287

नयाँ दिल्ली: पूर्व भारतीय पेस बलर आशिष नेहराले टीम इण्डियाका स्टार ब्याटर विराट कोहली र नवनियुक्त मुख्य प्रशिक्षक गौतम गम्भीरबीच कुनै समस्या नरहेको दावी गरेका छन्। गम्भीरले श्रीलंका यात्रामा भारतीय टीमको प्रशिक्षक पद सम्हाल्नेछन्, जहाँ कोहली वनडे टीमको हिस्सा हुनेछन्। गत वर्ष आईपीएलको अवधि यी दुईबीच मैदानमा तीखो बहस भएको थियो। आईपीएलको २०२४ सीजनमा चाहिँ यी दुईलाई हाँस्दै बोलिरहेको देखियो। नेहराले भने, कोहली र गम्भीर दुवै जोशिलो व्यक्ति हुन्। यी दुईजना फ्रेञ्चाइजी क्रिकेटमा अलग-अलग टीममा रहँदा परिस्थिति अलग हुन्छ तर एउटै ड्रेसिंग रूममा रहँदा आफ्नो टीमको निम्ति एकजुट हुन्छन्। कोहलीसँग १६-१७ सालको अनुभव रहेको छ अनि गम्भीर पनि अनुभवी व्यक्ति हुन्। अब यो केवल गम्भीर र कोहलीको कुरा नभएर पूरा टीमको कुरा हो। अहिले यी दुईजना आफ्नो देशको निम्ति अलग-अलग भूमिकामा मैदानमा ओर्लिए पनि लक्ष्य एउटै रहनेछ। नेहराले यसको साथमा गम्भीरलाई सदा स्पष्ट र पारदर्शी रहने अनि सदा आफ्नो कुरा खुलेर राख्ने व्यक्ति बताए। नेहराले भने, गम्भीर स्पष्टवादी र पारदर्शी व्यक्ति हुन्। उनी आफ्नो कुराहरू स्पष्ट रूपमा अघि राख्ने गर्छन्। यसबाहेक प्रशिक्षक, कप्तान र खेलाड़ीहरूको काम गर्ने आफ्नो अलग शैली हुन्छ। उल्लेखनीय छ, भारतले २७ जुलाईमा पहिलो टी२० म्याचको साथ श्रीलंका यात्राको शुरुवात गर्नेछ। टी२० सीरीजमा तीनवटा म्याच खेलिनेछ। टी२० सीरीज समाप्त भएपछि कोहली भारतको वनडे टीममा सामेल हुनेछन् अनि पहिलो म्याच २ अगस्तमा खेलिनेछ। वनडे सीरीजमा रोहित शर्माले कप्तानी सम्हाल्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement