गान्तोक: राष्ट्रिय शिक्षा नीति २०२० को चार वर्ष पूरा भएको अवसरमा भारत सरकारको शिक्षा विभागको निर्देशन र राज्य सरकारको मार्गदर्शनमा २२ देखि २८ जुलाईसम्म सबै विद्यालयहरूमा शिक्षा सप्ताह पालन भइरहेको छ।
यस क्रममा विद्या भारती सिक्किमद्वारा सञ्चालित विद्यालयहरूमा पनि शिक्षा सप्ताह पालन गरिॅंदैछ।
शिक्षा सप्ताह अन्तर्गत विद्यालयका आचार्य-आचार्याले प्रत्येक दिन विद्यार्थीहरूसॅंग मिलेर भिन्न-भिन्नै विषयहरूमा विभिन्न गतिविधिहरूको क्रियान्वयन गरिरहेका छन्। राष्ट्रिय शिक्षा नीति २०२० मा उल्लेखित गतिविधिहरूमा विद्यार्थीहरूलाई संलग्न गर्ने कार्य भइरहेको बताइएको छ।
विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले भने, विद्या भारतीले देशभरि यस नीति निर्माणदेखि क्रियान्वयनसम्म हरेक मोर्चामा कार्य गरिरहेको छ। सिक्किममा पनि विद्या भारतीका सबै विद्यालयहरूमा शिक्षा सप्ताह पालन भइरहेको छ। विद्यार्थी, आचार्य र अभिभावकहरू पनि यसमा लागिपरेका छन्।
उनले विद्या भारती सिक्किम प्रशिक्षण विभागले समय समयमा मार्गदर्शन गर्ने, मार्गदर्शन गर्ने र प्रोत्साहित गर्ने कार्य गरिरहेको बताए। विद्यार्थीहरूका साथै आचार्यहरू पनि धेरै रुचि लिएर उक्त गतिविधिहरूमा संलग्न भइरहेको उनले बताएका छन्।