द भोइस किडस नेपालको भोटिङ राउण्डमा पुग्न सफल बनेकी प्रधानलाई भोट गर्ने अपील

IMG-20240724-WA0284

गान्तोक: नेपालको प्रसिद्ध रियलिटी शो द भोइस किडस नेपाल सीजन ३ मा प्रतिष्पर्धा गरिरहेकी सिक्किमकी छोरी दृटिका प्रधानलाई भारीमतले भोट दिएर विजयी बनाउनु पर्ने राज्यका कलाकारहरूले अपील गरेका छन्। आज तादोङस्थित रेमन्ती संगीतालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रियाज संगीतालयका स्वामी डा. मनोज राईले दृटिका प्रधानलाई राज्यका सबैले भोट दिएर विजयी गराउनु पर्ने अपील गरेका छन्। प्रधानले आफ्नो बलबुतामा बेटल राउण्ट पार गरेको र अहिले भोटिङ राउण्डमा पुग्न सफल बनेको उनले जानकारी गराएका छन्। यसै क्रममा गायिका रेमन्ती राईले पनि विदेशमा भएको कारणले गर्दा सजिलो प्रकारले भोट गर्न नसकिने अवस्थालाई ध्यानमा राख्दै प्रधानलाई जिताउनको निम्ति अधिक मात्रमा भोटको खाँचो रहेकोले उनलाई क्युआर कोडको माध्यमद्वारा सबैले आर्थिक सहयोग प्रदान गर्न सकिने बताइन्। संग्रह गरिएको धनराशिले नेपालमा गएर भोट लगाउन सकिने जानकारी गराइन्। प्रत्येक हप्ताको शुक्रबार र शनिवार उक्त कार्यक्रम हेर्न सकिने र हेरेपछि उनको कलालाई सम्मान गर्दै आर्थिक सहयोग प्रदान गर्नुपर्ने आग्रह गरेकी छन्। यस अवसरमा अन्य कलाकारहरूले पनि प्रधानलाई जिताउनको निम्ति अपील गरेका छन्। उल्लेखनीय छ, हाम्रो वार्ता टोलिभिजनद्वारा आयोजित सिक्किम आइडलमा पनि उनले सहभागिता जनाउँदै टप सातसम्म पुग्न सफल भएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement