सिक्किमले प्राप्त गऱ्यो पीएम एसभीएननिधि प्रेज अवार्ड

IMG-20240724-WA0283

गान्तोक: राज्यका शहरी विकास विभाग मन्त्री भोजराज राई र गान्तोक निर्वाचन क्षेत्रका विधायक दिले नामग्याल बरपुङपाले आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। यस अवसरमा विभागका सचिव एमटी शेर्पा र मिशन निर्देशक जिग्मी भोटिया पनि सामेल रहेका थिए। विशेष गरेर सिक्किमले हिल्ली एण्ड नर्थ इस्टर्न स्टेट वर्गमा पीएम एसभीएननिधि प्रेज अवार्ड २०२४ प्राप्त गरेको छ। उक्त पुरस्कार शहरी अनि आवास मामिला मन्त्री मनोहर लाल खट्टरले गत १८ जुलाईको दिन नयाँ दिल्लीको हेविटेट सेन्टरमा आयोजित कार्यक्रममा सिक्किमलाई प्रदान गरिएको थियो। प्रधानमन्त्री स्वनिधि ‘प्रशंसा’ अवार्ड २०२३-२४ मा सिक्किमलाई पहाडी र उत्तर पूर्वी राज्यहरूमध्ये दोस्रो स्थानमा पुरस्कृत गरिएको थाहा पाउँदा आफूलाई खुशी लागेको मुख्यमन्त्रीले बताएका छन्। यो मान्यता शहरी र आवास मामिला मन्त्री मनोहर लाल खट्टरद्वारा जुलाई १८, नयाँ दिल्लीको ह्याबिटेट सेन्टरमा आयोजित एक समारोहमा प्रस्तुत गरिएको थियो बताए।

विभागले गरेको कामको सम्मान गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो भने यसमा उनीहरूको असाधारण कडा परिश्रम र समर्पणको लागि सम्पूर्ण विभागलाई हार्दिक बधाई दिँदै प्रयास जारी राख्ने आग्रह गरेका छन्।

About Author

Advertisement