गान्तोक: “एक पेड मा ने नाम” योजना अन्तर्गत आज सोरेङ जिल्ला अन्तर्गत जौटार परिसरमा विरूवा रोपन कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रम विशेष गरेर देशका प्रधानमन्त्री नरेन्द्र मोदजीले यसै वर्षको विश्व पर्यावरण दिवसको अवसरमा शुरू गरेका थिए। सोरेङ जिल्ला प्रशासन र वन विभागको संयुक्त पहलमा आयोजना गरिएको यस कार्यक्रममा विधायक इरूह तेञ्जिङ लेप्चा, पूर्व विधायक अदित्य गोले लगायत अन्यहरूले पनि सहभागिता जनाएका थिए। यस अवसरमा गुराँसका २ हजार भन्दा अधिक विरूवा रोपिएको जानकारी गराइएको छ। सोही प्रकारले राज्य सरकारको शुरू गरेको मेरो रूख मेरो सन्तति अन्तर्गत १०८ वटा गुराँसका विरूवा जौटार कम्पलेक्स परिसरमा रोपिएको बताइएको छ।