सांसद सुब्बाले गरे केन्द्रीय राज्यमन्त्रीसँग विभिन्न विषयमा छलफल

IMG-20240724-WA0281

गान्तोक: सिक्किम राज्यका एक मात्र लोकसभा सांसद इन्द्र हाङ सुब्बाले आज ग्रामीण विकास विभाग केन्द्रीय राज्यमन्त्री कमलेस पासवानसँग भेट गरे। भेटको क्रममा विशेष गरेर सिक्किममा प्रधान मन्त्री ग्राम सडक योजना र महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐन सम्बन्धी महत्वपूर्ण मुद्दाहरूमा छलफल गरेको जानकारी गराइएको छ।

सांसद सुब्बाले यी योजनाहरू अन्तर्गत सिक्किम र अन्य हिमाली क्षेत्रहरूले सामना गर्नुपरेको चुनौतीहरूबारे प्रकाश पारे। उनले तराईको तुलनामा पहाडमा पूर्वाधार निर्माणको लागतमा ठूलो भिन्नता रहेको जानकारी गराए। पहाडी क्षेत्रमा उक्त योजना अन्तर्गत घर निर्माण गर्न साथै सडक निर्माणमा धेरै चुनौती रहेको बताए। सांसद सुब्बाले थप जानकारी गराए अनुसार समतल क्षेत्रमा जुन धनराशिमा सडक साथै घर निर्माण गर्न सकिन्छ,त्यो राशिमा पहाडमा गर्न नसकिने अवगत गराए।

यी कठिनाइहरूलाई ध्यानमा राख्दै सांसदले पहाडी क्षेत्रलाई थप आर्थिक सहयोग गर्न नियमहरू समायोजन गर्ने अपील गरे। उनले यी क्षेत्रहरूमा पूर्वाधार परियोजनाहरू पूरा गर्न थप समयको आवश्यकतामा जोड दिए, किन भने पहाडमा समतल जस्तो काम गर्न सजिलो नहुने पनि मन्तव्य प्रकट गरे। सांसद सुब्बाको कुरालाई ध्यानमा राख्दै मन्त्री पासवानले यस विषयमा सम्वन्धित निकायका अधिकारीहरूलाई लिएर यस विषयमा छलफल गर्ने आश्वासन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement