गान्तोक: सोरेङ ब्याटमिन्टन एसोसिएसन (एसबीए)-ले आज १५ जना ब्याटमिन्टन खेलाडीहरूलाई विधायक एवं जनकार्य विभागका सल्लाहकार इरुङ तेन्जिङ लेप्चा र पूर्व विधायक तथा एसबीएका मुख्य संरक्षक आदित्य गोलेको बाहुलीबाट एसबीएका ट्रायकसुट प्रदान गरियो। कार्यक्रममा जिल्लापाल धिरज सुवेदी, एसबीए अध्यक्ष एबी गुरुङसहित एसोसिएसनका मुख्य समन्वयक लोब्जाङ तामाङ, महासचिव दिलिप शर्मा र एसोसिएसनका कार्यसमितिका सदस्यगणको उपस्थिति थियो।