फ्रान्समा २०३० र अमेरिकामा २०३४-को शीतकालीन ओलम्पिक हुने

IMG-20240724-WA0277

नयाँ दिल्ली: अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) – ले बुधवार २०३०-मा हुने शीतकालीन ओलम्पिक खेलहरूको आयोजन फ्रान्सको फ्रेञ्च आल्प्स र २०३४-को आयोजन अधिकार अमेरिकाको सल्ट लेक सिटीलाई सुम्पियो। फ्रान्सलाई आयोजन केही शर्तहरूको आधारमा सुम्पिइएको छ। फ्रान्सका राष्ट्रपति इमेनुएल मेक्रोले आईओसी-लाई ग्रीष्मकालीन ओलम्पिक खेलहरू सम्पन्न भएपछि जुनै सरकार गठन भए पनि आयोजनसँग सम्बन्धित सबै शर्तहरू पूरा गरिने आश्वासन दिएका छन्। यसमा अहिलेसम्म हस्ताक्षर गरिएको छैन। फ्रान्समा नयाँ सरकार गठनपछि नयाँ प्रधानमन्त्रीले यी शर्तहरूमा हस्ताक्षर गर्नेछन्। आईओसी-ले यसको निम्ति एक अक्टोबरसम्मको समयसीमा तोकेको छ। आईओसी-का सदस्यहरूले उनको आश्वासनलाई स्वीकार गरेर फ्रान्सलाई आयोजन सुम्पिने पक्षमा मतदान गरे। फ्रान्सको आयोजनको पक्षमा ८४ सदस्यहरू जबकि विरोधमा ४ सदस्यहरूले मतदान गरे। यसरी ७ सदस्यहरूले मतदानमा हिस्सा लिएनन्। मेक्रोले भने, हामीमाथि भरोसा देखाएकोमा तपाईंहरू प्रति आभारी छौं। हामी आफ्नो प्रतिबद्धताहरूलाई पूरा सम्मान गर्छौं। फ्रान्स यी खेलहरूका आयोजनको निम्ति बोली लगाउने एकमात्र देश थियो। फ्रान्सले यसअघि तीनपल्ट (१९२४, १९६८ र १९९२) शीतकालीन खेलहरूको आयोजन गरिसकेको छ। आईओसी सदस्यहरूले त्यसपछि २०३४-मा हुने शीतकालीन खेलहरूको आयोजनको निम्ति सल्ट लेक सिटीलाई चयन गऱ्यो। सल्ट लेक सिटीले ३२ सालपछि यी खेलहरूको आयोजन गर्नेछ। यसअघि यस शहरले २००२-मा पहिलोपल्ट शीतकालीन ओलम्पिक खेलहरूको आयोजन गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement