सोरेङ जिल्लामा पहिलोपल्ट राष्ट्रिय झन्डा उत्तोलन

photocollage_2022815214440197.jpg

सोरेङ: देशको ७६औं स्वतन्त्रता दिवसको अवसरमा आज सिक्किमकाे नवगठित सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्र (डीएसी) मा पहिलोपल्ट राष्ट्रिय झन्डा उत्तोलन गरियो। सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले प्रशासनिक केन्द्र परिसरमा राष्ट्रिय झन्डा उत्तोलन गरे।

यस अवसरमा पुलिस अधीक्षक जे. जयपाण्डियन, एडीसी- सोरेङ धिरज सुबेदी, एडीसी- विकास गयास पेगा, एडीसी- मुख्यालय डीआर विष्ट, एसडीएम रंजन राई, विभागीय प्रमुखहरू आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement