भोलिदेखि महानगरका यी १० क्षेत्रमा हकर्स सर्वेक्षण शुरु

IMG-20240724-WA0268

कोलकाता: कोलकाता नगर निगम फुटपाथ अतिक्रमण विरुद्ध र टाउन भेण्डिङ कमिटीले बिहीबार महानगरका ९ वटा क्षेत्रमा दोस्रो चरणको हकर्स सर्वेक्षण सुरु गर्ने भएको छ। यस चरणमा कालीघाट अन्तर्गत श्यामाप्रसाद मुखर्जी रोड, भवानीपुर अन्तर्गत आशुतोष मुखर्जी रोड, चाँदनी चोक, तलतल्ला, न्यू मार्केट, सियालदह, बेहला, ठाकुरपुकुर, बाहुबजार र कलेज स्ट्रीट मार्केट क्षेत्रमा सर्वेक्षण गरिने केएमसी स्रोतले जनाएको छ। यसका लागि कामपाले १ सय ६० कर्मचारीको १० टोली गठन गरेको छ जसले फुटपाथमा बिक्री वितरण गर्ने हकर्सको सूचना टाउन भेण्डिङ कमिटीका सदस्य र स्थानीय पुलिस अधिकारीसहित अभिलेख गर्नेछ। सर्वेक्षणअघि बुधबार कामपा मुख्यालयमा सबै १६० कर्मचारीलाई तालिम दिइनेछ। गत महिना नवान्नमा भएको बैठकमा मुख्यमन्त्रीले फुटपाथ अतिक्रमणको विषयमा सर्वेक्षण गर्न कामपा र अन्य नागरिक निकायलाई निर्देशन दिएका थिए। यसपछि जुलाई ३ देखि केएमसीले कोलकाता, गरियाहाट, न्यू मार्केट, हाथीबागन, बेहाला र ग्रान्ड आर्केडका पाँच बजार क्षेत्रको सर्वेक्षण गरेको थियो। सर्वेक्षणका क्रममा फेरीवालाहरुको नाम, ठेगाना, उनीहरु कति समयदेखि चलाइरहेका छन् र अन्य महत्वपूर्ण जानकारी राज्य सरकारले तयार गरेको विशेष एपमा अपलोड गरिनेछ। कोलकाता म्युनिसिपल कर्पोरेशनको २०१५ सर्वेक्षण सूची अनुसार शहरमा २ लाख ७५ हजार फेरीवाला छन्। तर, पछिल्लो नौ वर्षमा अस्थायी बिक्रेताको संख्या झण्डै दोब्बर भएको छ। सर्वेक्षण पूरा भएपछि विस्तृत प्रतिवेदन नवसन्नलाई पठाइने, त्यसपछि राज्य सरकारको निर्देशनमा कामपाले फेरीवाला पुनर्स्थापनाको काम अगाडि बढाउने कामपाका एक अधिकारीले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement