सिलगढीको बजारमा प्रतिबन्धित चिनियाँ लसुन अन्धाधुन्ध बिक्री भइरहेको भन्दै व्यवसायीले गरे विरोध

n6235190861721835038650679f37b8592f39aecf9da2d35fae4ebda291500973f7eff78e39e4637658be0b

सिलगढी: चिनियाँ लसुन भारतमा प्रतिबन्धित छ। यसका बाबजुद पनि सिलगढीको बजारमा प्रतिबन्धित चिनियाँ लसुन बिक्री भइरहेको छ। तर प्रशासनले केही गर्न सकेको छैन। सिलगढी नियन्त्रित बजारको लसुन बजारका व्यापारीहरूले पनि यस्तै आरोप लगाएका छन्। यो चिनियाँ लसुन प्रशासनको नाकमुनि भारतीय सीमा नाघेर सिलगढी बजारमा ल्याइएको बताइएको छ। त्यसपछि यो लसुन मानिसको घरघरमा पुगेको छ। यी लसुनको सेवनले मानिसको स्वास्थ्यमा समेत असर गरेको छ। जसका कारण आज विनियमित बजारको लसुन बजारका व्यापारीहरु एकजुट भएर चिनियाँ लसुन विरुद्ध आवाज उठाउँदै प्रधाननगर पुलिस थानामा ज्ञापनपत्र बुझाएका छन्। यी चिनियाँ लसुनविरुद्ध प्रशासनले कुनै कारबाही नगरे आफ्नो तर्फबाट सशक्त आन्दोलन गर्ने संगठनका सदस्यहरुले चेतावनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement