सोनादामा पनि स्वतन्त्रता दिवस समारोह आयोजना गरिने

IMG-20240724-WA0260

सोनादा: सोनादा क्षेत्रमा यसपाली स्वतन्त्रता दिवस कार्यक्रम आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। सोनादामा स्वतन्त्रता दिवस समारोह आयोजना गर्नलाई सोनादा स्वतन्त्रता दिवस समारोह समितिको सभापति श्याम काजी प्रधानको अध्यक्षतामा सोनादामा एक सभा सम्पन्न भएको छ। उक्त सभामा सोनादामा अागामी १६ अगस्तमा स्वतन्त्रता दिवस समारोह आयोजना गरिने निर्णय गरिएको छ। यस विषयमा चर्चा परिचर्चा गर्नलाई सोनादा क्षेत्रको विद्यालयहरूलाई लिएर पनि सभाको आयोजना गरिने भएको छ। यसपाली सोनादामा आयोजना गरिने भएको स्वतन्त्रता दिवस समारोहमा सोनादा क्षेत्रको विद्यालयहरूलाई पनि समावेस गरेर विभिन्न कार्यक्रमहरू आयोजना गरेर पालन गरिने भएको जानकारी प्राप्त भएको छ। यस सभामा सोनादामा पनि स्वतन्त्रता दिवस समारोह आयोजना गरिने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी स्वतन्त्रता दिवस समारोह समितिको तर्फबाट सल्लाहकार एनआर भोटियाले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement