हाम्रो पार्टीले शहीद दिवस भव्य रूपमा पालन गर्ने

IMG-20240724-WA0246

शहीदहरूको त्याग र बलिदानलाई हामीले कदापि भुल्नु हुँदैन: अजय एडवाडर्स

सोनादा: शहीदहरूको त्याग र बलिदानलाई हामीले कदापि भुल्नु हुँदैन भनी हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। आज हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्ड रंगबुल धोत्रिया समष्टिको भ्रमणमा निस्केका थिए। यस अवधि रंगबुल धोत्रिया समष्टि अन्तर्गत पर्ने अफिस गाउँमा निर्माण कार्य भईरहेको शहीद वेदीलाई देखेर उनले आफ्नो पक्षबाट यथाशक्ति सहयोग पुराउने वचन दिएका छन्। शहीद वेदीको निर्माण कार्यमा लागि परेका स्थानीय मानिसहरूसंगको कुराकानीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले हामीले शहीदहरूको त्याग र बलिदानलाई भुल्नु नहुने बताउँदै यदि भुलेको खण्डमा हामीलाई पाप लाग्छ भनी बताएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने, आफु गोरामुमोमा छँदा २७ जुलाई शहीद दिवस आउन सप्ताह १५ दिन अघिदेखि शहीद वेदीहरूमा रंग पचेरा गर्ने कार्यहरू गर्ने गर्थ्यौं अनि त्यस कार्यको निम्ति आफुले आफ्नो पक्षबाट छुट्टै बजट छुट्टाएर राख्ने गरेको थिए।’
हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अघि भने, ‘सन् १९८६ को शहीदहरूलाई मानिसहरूले भूली सक्यो तर हामीले उनीहरूलाई कहिले बिर्सिनु हुँदैन। यी शहीदहरूको त्याग र बलिदानको कारणले गर्दा नै हामी फुलाएर हिँडन सकेका छौं। हामी भारतको एक नम्बर नागरिक भएका छौं। त्यसभन्दा पहिला हामीलाई नेपालको भन्ने गर्दथ्यो।’
अध्यक्ष एडवाडर्सले अझ भने, हुन त आज पनि हामीलाई नेपालको भन्ने गर्छ तर ती वीर शहीदहरूको त्याग र बलिदानको कारणले गर्दा भारत सरकारले हामीलाई एक नम्बर भारतीय नागरिक रहेको सरकारी अधिसूचना जारी गरेर घोषणा गरेको छ। हामीले शहीदहरूलाई बिर्सनु हुँदैन अनि बिर्सनु नै पाप हो। ती शहीदहरूले जीटीएको लागि आफ्नो प्राणको बलिदान दिएको होइन। हामी यो कुरा पनि बिर्सनु हुँदैन।’
तिनले अघि भनेका छन् -‘आगामी २७ जुलाई शहीद दिवसलाई हामीले दार्जीलिङ, खरसाङ, मिरिक, दार्जीलिङ आदि क्षेत्रहरूमा भव्य रूपमा पालन गर्नुपर्छ। सन् १९८६ को आन्दोलनमा कालेबुङमा गंगा मायामा शहीद भएका थिए। त्यसपछि पहाडमा शहीदहरूको संख्या बढ्दै गएको छ। हाम्रो पार्टीले ती वीर शहीदहरूको स्मरणमा पालन गरिने शहीद दिवस भव्य रूपमा पालन गर्ने कार्य योजना तयार गरेको छ। सन् १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा रंगबुल धोत्रिया समष्टिमा संघर्षको क्रममा तीनजना शहीद भएका थिए जसमा भद्रसिंह राई, दावा लेप्चा, गुमान सिंह चामलिङ आदि हुन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement