झोलुंंगमा ७८औं इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्ट २८ जुलाईदेखि

IMG-20240724-WA0237

जलढाका: जलढाका स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आउँदो २८ जुलाईदेखि ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। झोलुंग खेल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिनेछ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको उद्घाटन म्याचमा आइतवार बिन्दु बीएफपीए र नगरकट्टा जेएससी-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ। यसरी नै फाइनल १६ अगस्तमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। म्याचहरू दिउँसो ३ बजीदेखि शुरु हुने आयोजक समितिले जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement