कोचबिहारमा सरकारी पहलमा आलु बिक्री केन्द्र खोलियो

IMG-20240724-WA0234

दिनहाटा: आलुलगायत विभिन्न खाद्यान्नको मूल्य आकाशिएको अवस्थामा सर्वसाधारणलाई केही राहत दिन दिनहाटा नगरपालिकाको हेमन्त बसु कर्नरमा सस्तो मूल्यमा आलु बिक्री केन्द्र खोलिएको छ। दिनहाटा नगरपालिकाको महिला स्वयं सहायता समूह र उत्तर बंगाल विकासमन्त्रीको पहलमा सस्तो आलु बिक्री केन्द्र खोलिएको छ। आलु बिक्री केन्द्र बुधबार बिहान १०:३० बजेदेखि दिनहटा शहरको पाँचमाथा मोड र दिनहटा शहरको हेमन्त बसु कर्नरमा खोलिएको हो। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनमा उत्तर बंगालका विकासमन्त्री उदयन गुहा र दिनहटा नगरपालिका महिला स्वयं सहायता समूहको पहलमा सर्वसाधारणलाई सस्तोमा आलु किन्न सहयोग गर्न आलु बिक्री केन्द्र खोलिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement