सिलगढी: सिलगढी जंक्शन बस स्ट्यान्डमा बसको टिकट बुकिङ गर्ने क्रममा एक महिलाको पर्स चोरीको शिकार भइन्। जानकारीका अनुसार जलपाईगुडी निवासी पापिया सरकार हिजो इस्लामपुरबाट सिलगढी जंक्शन बस स्ट्यान्ड पुगेकी थिइन्। यसै क्रममा महिलाले जलपाईगुडी जानको लागि बसको टिकट किन्न थालिन्। त्यतिकैमा टिकट काटेर बसमा चढ्ने बित्तिकै झोलामा राखेको पर्स हराइरहेको थाहा पाए। पर्समा सुनको चेन, एटीएम र केही पैसा रहेको बताइएको छ। घटनापछि महिलाले प्रधाननगर पुलिस थानामा मौखिक उजुरी दिएकी थिइन्। उजुरीका आधारमा अनुसन्धानमा जुटेको पुलिसले ३ घण्टाभित्र जंक्शन छेउछाउबाट चोरीको पर्स बरामद गरेको हो। त्यसपछि आवश्यक कारबाही गरेर पुलिसले गएराति महिलालाई सुनको चेन, पैसा र हराएको पर्स फिर्ता गरेको थियो। सोही क्रममा ती महिलाले आफ्नो पर्स फिर्ता पाएपछि पुलिसलाई धन्यवाद दिइन्।