सुतिरहेको अवस्थामा छिमेकीले युवकको हत्या गरेको आरोप

IMG-20240724-WA0205

मालदा: मालदामा राति अबेर घरभित्र पसेर एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा पुलिस चौकीमा उजुरी परेको छ। यो सनसनीपूर्ण घटना मालदा जिल्लाको रतुआ थाना क्षेत्रको गोपालपुर क्षेत्रमा भएको हो। मृत्यु हुने युवकको नाम छोटन माझी, उमेर २६ वर्ष रहेको छ। यो दुर्घटनाले बुबा गोपेन माझी पूरै मर्माहत भएका छन्।  परिवार तथा पुलिस  स्रोतका अनुसार अन्य दिन झैँ छोटन माझी हिजो राति पनि खाई पिएर सुते। राति करिब साढे १२ बजे छिमेकी युवक सागर मण्डलले घरमा पसेर सुतिरहेको अवस्थामा छोटन माझीलाई कुटपिट गर्न थालेको आरोप छ। शुरुमा उसले घाँटीमा कडा प्रहार गरे पूरै शरीरमा आक्रमण गरेको आरोप छ। घाइते युवकले चिच्याउन थालेपछि आरोपी त्यहाँबाट भागेका थिए। त्यसपछि परिवारले छोटन माझीलाई उपचारका लागि स्थानीय अस्पताल पुर्याए। त्यहाँबाट उनको अवस्था बिग्रिएपछि राति अबेरसम्म मालदा मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको थियो। युवकको उपचारको क्रममा बिहान मृत्यु भएको बताइएको छ। प्रहरीले शव बरामद गरी पोष्टमार्टमका लागि मालदा मेडिकल कलेज अस्पतालको शवगृहमा पठाएको छ। आरोपी युवकविरुद्ध रतुआ पुलिस चौकीमा लिखित उजुरी परेको छ। रतुवा पुलिस चौकीले अनुसन्धान शुरु गरेको छ। युवकको हत्या के कारणले भयो भन्ने खोजी भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement