सिलगढी इनडोर स्टेडियममा दुईदिने बास्केटबल प्रतियोगिता शुरु

IMG-20240724-WA0181

सिलगढी (पश्चिम बंगाल): सिलगढी नगरनिगमको पहलमा र जिल्ला बास्केटबल संघको सहयोगमा सिलगढी इन्डोर स्टेडियममा प्रथम वर्षको बास्केटबल प्रतियोगिता शुरु भएको छ। सिलगढी नगरनिगमका मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, अध्यक्ष प्रतुल चक्रवर्ती, मेयर काउन्सिलर दिलीप बर्मन, काउन्सिलर वासुदेव घोष र अन्य खेल समितिका सदस्यहरूले दीप प्रज्वलन गरी दुईदिने बास्केटबल प्रतियोगिताको उद्घाटन गरे।

उद्घाटन समारोहमा मेयरले अंग्रेजी माध्यमका विद्यालयका बालबालिकाका लागि प्रथम वर्षको शुरुवातदेखि नै सानो स्तरमा यो प्रतियोगिता शुरु गरिएको बताए। तर आगामी वर्षहरूमा अंग्रेजी माध्यमका विद्यालयका साथै सरकारी माध्यमका विद्यालयका बालबालिकालाई पनि ठूलै मात्रामा गर्ने चाहना छ। यस प्रतियोगिताका विजेताहरुलाई भोलि समापन समारोहमा पुरस्कृत गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement