नेपाल र चीनबीचको टिंकरनाका खुला गरियो

IMG-20240724-WA0231
भद्रपुर: नेपालको पश्चिममा पर्ने दार्चुला जिल्लाको उत्तरीक्षेत्रमा पर्ने नेपाल–चीन सिमानाका तिंकरनाका खुलेको छ। चिनियाँ पक्षले नाका खुलेको जानकारी पठाएको र नेपाली व्यापारीलाई ताक्लाकोट आउन भनेको समाचारमा उल्लेख छ।

अतिक्रमित भूमिको छेउ भएर जोडिएको यो नाका ५ वर्षदेखि बन्द थियो। व्यासक्षेत्रका स्थानीयमार्फत नाका खुला गरिएको अनौपचारिक जानकारी प्राप्त भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।
छाङरू गाउँका केही स्थानीय२३ जुलाई मंगलवारभित्रै ताक्लाकोटतर्फ प्रस्थान गरेको वडाअध्यक्ष बोहराले बताउछन्। तिंकर गाउँका स्थानीय भने २१जुलाईको पूर्णिमापछि ताक्लाकोट जाने तयारीमा छन्। गुरूपूर्णिमाको अवसरमा गाउँमा पूजापाठ हुने भएकोले त्यसपछि मात्रै ती ताक्लाकोटतर्फ जानेछन्।
तिंकरको छियालेकस्थित सशस्त्र प्रहरीको बिओपीले तिंकर नाका भएर ताक्लाकोट आवतजावत गर्ने सबै नागरिकको अभिलेख राख्ने गरेको छ। छियालेकमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय पनि सञ्चालित छ।
गत मई ३०मा ताक्लाकोटस्थित चिनियाँ अधिकारीहरूसंग दार्चुलाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकारीहरूले भिडियो कलमार्फत नाका सञ्चालनबारे छलफल गरेका थिए। उक्त छलफलमा जुन २५देखि नाका सञ्चालन हुने तय भएको थियो। केही प्राविधिक तयारी नपुगेको भन्दै चिनियाँ अधिकारीले जुलाई १०लाई नयाँ दिनांक पठाएका थिए।
जुलाई १०मा पनि नाका खुलेन। जुलाई १५ देखि भने नाका खुला गरिएको जानकारी दिइएको छ। बझाङ जिल्लामा पर्ने उरै नाका पनि केही दिनभित्रै सञ्चालन हुने तयारी छ। तिब्बतमा पर्ने पवित्र कैलाश–मानसरोवरको यात्रा सञ्चालन गर्न टिंकर नाका वैधानिक रूपमा सञ्चालनको माग स्थानीयले गरेका छन्। यसका लागि पटकपटक राजनीतिक र प्रशासनिक नेतृत्वलाई अनुरोध गरिएको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताए।
टिंकर नाका परम्परागत रूपमा खुले पनि व्यास क्षेत्र र टिंकर नाका जोड्ने सडक निर्माणले भने गति लिएको छैन। प्रचण्ड नेतृत्वको सरकारले ल्याएको नयाँ बजेटमा टिंकर सडकलाई ८ करोड ५० लाख रूपैयाँ मात्रै बजेट छुट्याइएको छ। सीमा अतिक्रमणको मुद्दा उठाउने, चुच्चे नक्शा प्रकाशन गर्ने र उत्तरतर्फका नाका खोल्ने ओलीले टिंकर सडक निर्माणलाई महत्वका साथ अगाडि बढाउछन् कि बढाउँदैनन् यो अग्निपरीक्षाको विषय बनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement