इस्लामपुरलाई जिल्ला बनाउन माग गर्दै ज्ञापनपत्र बुझाइयो

IMG-20240724-WA0189

 सिलगढी: उत्तर दिनाजपुर जिल्ला कांग्रेस कमिटीले इस्लामपुर विभागलाई जिल्लाको रुपमा मान्यता दिन माग गर्दै उत्तरकन्यामा उत्तर मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। इस्लामपुरलाई जिल्ला बनाउने माग लामो समयदेखि हुँदै आएको छ। बुधबार उत्तरकन्यामा उत्तर बंगाल विकासमन्त्री उदयन गुहालाई ज्ञापनपत्र बुझाएर इस्लामपुरलाई जिल्ला बनाउनुका साथै करंदीघीलाई विभाग बनाउन माग गरिएको उत्तर दिनाजपुर जिल्ला कांग्रेस कमिटीका सदस्यले बताएl जसका कारण लामो समयदेखि जिल्ला बनाउने माग उठ्दै आएको छ। अलि इमरान रामोजले जिल्लाका मागलाई लिएर आगामी दिनमा ठूलो आन्दोलन गर्ने बताए। इस्लामपुरलाई जतिसक्दो चाँडो जिल्लाको दर्जा दिनुपर्छ भन्ने माग रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement