चोरीका सामानसहित एक जना पक्राउ

IMG-20240724-WA0168-copy

सिलगढी: सिलगढी थानाअन्तर्गत जलपाईमोडका डेन्जोङ भुटियाले गत महिनाको १६ तारिख आफ्नो ल्यापटप र मोबाइल चोरी भएको खालपाडा पुलिस चौकीमा उजुरी दिएका थिए। लिखित उजुरीमा डेनजोङ भुटियाले १४ जूनको राति आफ्नो घरबाट ल्यापटप, मोबाइल फोन र डिजिटल घडी चोरी भएको बताए। १६ तारिख लिखित उजुरी पाएपछि सिलगढी थानाको खालपाडा चौकीको पुलिसले घटनाको अनुसन्धान थालेको थियो। खालपाडा चौकी पुलिसले विभिन्न स्रोतको प्रयोग गरी चोरी भएको बहुमूल्य सामान बरामद गर्ने प्रयास गरेको थियो। अन्ततः मंगलबार राति सफलता हात पर्यो।

गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा खालपाडा चौकीको पुलिसले मिलनमोड क्षेत्रमा छापा मारेर निचेन तामाङ नामका एक व्यक्तिलाई पक्राउ गर्यो। खालपाडा चौकी पुलिस स्रोतका अनुसार अभियुक्त दार्जीलिङ जिल्लाको खरसाङ वार्ड नम्बर ११ को बासिन्दा रहेको बताइएको छ। खालपाडा पुलिसचौकीले अभियुक्तको साथबाट चोरीको ल्यापटप मोबाइल बरामद गर्न सफल भएको छ। खालपाडा आउट पोस्ट पुलिसले आरोपीलाई बुधबार सिलगढी अदालतमा पेश गर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement