जलपाईगढी (पश्चिम बंगाल): भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयअन्तर्गत भारतीय खेलकुद प्राधिकरण (एसएआई) द्वारा आयोजित खेलो इण्डिया राइजिङ ट्यालेन्ट आइडेन्टिफिकेशन (केआईआरटीआई), विश्व बंगला खेलकुद कम्प्लेक्स, जलपाईगढीमा आयोजना गरिएको थियो। खेलो इण्डिया राइजिङ ट्यालेन्ट आइडेन्टिफिकेसन (केआईआरटीआई) मार्फत केटा र केटीहरूको प्रतिभा खोज्ने प्रयास गरिन्छ, प्रतिभा भएकाहरूले एसएआई मार्फत अवसरहरू पाउँछन्। जलपाईगढी जिल्लामा ४ केन्द्रहरू स्थापना गरिएको छ। खेलकुद मन्त्रालय, भारत सरकारको निर्देशनमा विश्व बंगला खेलकुद कम्प्लेक्समा जुलाई २२ देखि २४ गतेसम्म आर्चरी, एथलेटिक्स, भलिबल र फुटबलका क्षेत्रमा प्रतिभा खोज अभियान सञ्चालन गरिएको थियो। आज यो शिविर सकियोl इण्डिया राइजिङ ट्यालेन्ट आइडेन्टिफिकेशन क्याम्पमा जलपाईगढीका ३० विद्यालयका ६०० विद्यार्थीले भाग लिएका थिए। शिविरमा भारतीय खेलकुद प्राधिकरण (एसएआई) का कर्मचारीहरुका साथै जिल्ला विद्यालय खेलकुद परिषद्का शिक्षकहरुले सहयोग गरेका थिए। यस सम्बन्धमा साई जलपाईगढी केन्द्रका इन्चार्ज वसीम अहमदले शिविर आयोजनाको उद्देश्य प्रतिभा खोज्नु रहेको बताए।