युवराजलाई गुजरात टाइटन्सले कोचिंग टीममा सामेल गर्ने सम्भावना

IMG-20240724-WA0148

नयाँ दिल्ली: गुजरात टाइटन्सको प्रबन्धनमा फेरबदल हुनसक्छ कारण मुख्य प्रशिक्षक आशिष नेहरा र क्रिकेट निदेशक विक्रम सोलांकीले सम्भावित रूपमा फ्रेञ्चाइजीबाट विदा लिन सक्छन्। नेहरा र सोलांकी २०२२-मा आफ्नो पहिलो सीजनदेखि नै फ्रेञ्चाइजीमा रहेका छन्। गुजरात टाइटन्सले आईपीएल २०२२-मा पहिलोपल्ट हिस्सा लिएर खिताब जितेको थियो। त्यसपछि २०२३-मा पनि टीमले फाइनलमा स्थान बनाएको थियो। त्यसपछि कप्तान हार्दिक पाण्ड्याले फ्रेञ्चाइजी छोड़्दा शुभमन गिललाई कप्तान नियुक्त गरिएको थियो। गिलको कप्तानीमा चाहिँ टीमले यस साल गत दुई सीजनको सफलतालाई दोहोऱ्याउन सकेन। यस्तो स्थितिमा टीमलाई सफलताको बाटोमा फर्काउन युवराज सिंह गुजरात टाइटन्स फ्रेञ्चाइजीमा सामेल हुन सक्छन्। यसरी फ्रेञ्चाइजीको मार्गदर्शक ग्यारी कर्स्टनले पनि फ्रेञ्चाइजी छोड़्न सक्छन् कारण दक्षिण अफ्रिकाका यस पूर्व क्रिकेटरलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले सीमित ओभरहरूका प्रारूपको निम्ति टीमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। यसैकारण अहिलेसम्म कुनै कुरा तय नभए पनि टीमको कोचिंग स्टाफमा व्यापक फेरबदल हुनसक्छ।
हार्दिक पाण्ड्यालाई आईपीएल २०२४ अघि रेकर्ड अनुबन्धमा मुम्बई इण्डियन्सले आफ्नो टीममा सामेल गरेको थियो। त्यसपछि गिललाई कप्तान नियुक्त गरिए पनि टीम प्लेअफ्-सम्म पनि पुग्न सकेन। फ्रेञ्चाइजीको कोचिंग सेटअप-का अन्य उल्लेखनीय सदस्यहरू आशिष कपूर, नईम अमीन, नरेन्द्र नेगी र मिथुन मन्हास हुन्। यसबीच राजस्थान रोयल्सले पनि आफ्नो प्रबन्धनमा ठूलो फेरबदल गर्ने सम्भावना छ। भारतका पूर्व मुख्य प्रशिक्षक राहुल द्रविड़ मेण्टरको रूपमा राजस्थान रोयल्समा फर्किन सक्छन्। द्रविड़कै प्रशिक्षणमा भारतले गत महिना आईसीसी टी२० वर्ल्ड कपको खिताब जितेको थियो। यसअघि उनले आईपीएलमा राजस्थान रोयल्सको कप्तानी र मार्गदर्शन गरिसकेका छन्। यसबाहेक २०१८-मा उनले प्रशिक्षकको रूपमा भारतको अण्डर-१९ टीमलाई वर्ल्ड कप पनि दिलाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement