अष्ट्रेलियाका दुईजना खेलाड़ी कोविड पोजिटिभ

IMG-20240724-WA0125

पेरिस: पेरिस ओलम्पिक शुरु हुन अब अधिक समय बाँचेको छैन अनि कोरोनाको खतराले यस खेलमा आतंक मचाउन शुरु गरेको छ। अष्ट्रेलियाई टीमका दुईजना महिला खेलाड़ीलाई कोरोना पोजिटिभ पाइएको छ। वाटर पोलो टीमका खेलाड़ीलाई पोजिटिभ पाइएपछि उनीहरूलाई आइसोलेट गरिएको छ। कोरोनाले गर्दा नै २०२०-को टोक्यो ओलम्पिकलाई एक सालको निम्ति स्थगित गरिएको थियो। अब पेरिस ओलम्पिक २६ जुलाईदेखि शुरु हुनेछ। अष्ट्रेलियाई ओलम्पिक टीमकी प्रमुख एना मेयर्सले भनिन्, साथी खेलाड़ीहरूले मास्क लगाउनेछिन् अनि सामाजिक दूरीको नियमहरू पनि पालन गर्नेछिन्। खेलाड़ीहरूमा धेरै लक्षण देखिएको थियो अनि हामीसँग परीक्षण उपकरण रहेको हुनाले जाँच गरेर थाहा पाउन सकियो। अहिले हामीहरू सतर्क र सुरक्षित छौं। अष्ट्रेलियाई ओलम्पिक समितिले बताएअनुसार, अन्य एकजना अष्ट्रेलियाई खेलाड़ीलाई पनि कोविड परीक्षणमा पोजिटिभ पाइयो, जो वाटर पोलो खेलाड़ीसँग सम्पर्कमा थिए। अन्य खेलाड़ीहरूका कोविड परीक्षणमा चाहिँ रिपोर्ट नेगेटिभ आएको छ। कोविड पोजोटिभ आउने खेलाड़ीहरूले मंगलवार दिउँसो अभ्यास गरिनन् जबकि अन्य खेलाड़ीहरूले चाहिँ अभ्यास गरिन्। कोविड पोजिटिभ दुईजना खेलाड़ीको नाम खुलासा गरिएको छैन। यसबीच फ्रान्स सरकार र विश्व स्वास्थ्य संगठनले देशमा कोविडको मामिलाहरूमा मामूली वृद्धि भएको जानकारी दिएको छ। स्वास्थ्य मन्त्री फ्रेडरिक वैलेटोक्सले भने, यो कुनै ठूलो जोखिम होइन तर कोविड चाहिँ यहाँ छ। हामीले २०२०, २०२१, २०२२-मा जे पनि देख्यौं, त्यसभन्दा हामी अहिले धेरै टाढ़ा रहेका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement