चितवन राष्ट्रिय निकुञ्जद्वारा एक वर्षमा ३६ करोड राजस्व सङ्कलन

IMG-20240724-WA0032
भद्रपुर:चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा ३६ करोडभन्दा धेरै राजस्व सङ्कलन गरेको छ। आर्थिक वर्ष २०२३/२०२४ को जुन मसान्तसम्म ३६ करोड ७२ लाख ९२ हजार ८०७ रुपियाँ राजस्व सङ्कलन गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गाणेशप्रसाद तिवारीले जानकारी दिएका छन्। निकुञ्जको राजस्वमध्ये सबैभन्दा धेरै पर्यटकबाट लिने शुल्क रहेको छ। कार्यालयका अनुसार एक आर्थिक वर्षमा पर्यापर्यटकबाट मात्रै ३० करोड ५७ लाख रुपियाँ राजस्व सङ्कलन भएको हो। वन पैदावार बिव्रmीबाट निकुञ्जले ४ करोड ६५ लाख राजस्व सङ्कलन गरेको छ। 

चितवन निकुञ्ज जङ्गल सफारीका लागि प्रख्यात छ। यहाँ आउने पर्यटकको रोजाइ जङ्गल सफारी भएकाले जिपमार्फत जङ्गल सफारी गर्नेको सङ्ख्या धेरै हुने गरेको कार्यालयले जानकारी दिएको छ। जिपपछि जङ्गल पैदलयात्रा गर्ने, राप्ती नदीमा डुङ्गा सफारी गर्ने र सरकारी हात्तीमार्फत हात्ती सफारी गर्ने गर्छन्। जिप सफारीबाट मात्रै पाँच करोड ४७ लाख रुपियाँ सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए। जिप सफारीबाहेक अन्य माध्यमबाट निकुञ्ज प्रवेश गरेका पर्यापर्यटकबाट २५ करोड १० लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ।
निकुञ्जमा गत आर्थिक वर्षमा आन्तरिक पर्यटक सबैभन्दा धेरै आएका छन्। आन्तरिक पर्यटकको आगमनले गर्दा निकुञ्ज र आसपासका पर्यटकीय क्षेत्रमा आर्थिक गतिविधि वृद्धि भएको पर्यटन व्यवसायी दीपक भट्टराईले जानकारी दिए। निकुञ्जका अनुसार गत आर्थिक वर्ष lमा आन्तरिक पर्यटक एक लाख ७६ हजारले निकुञ्ज प्रवेश गरेका छन्। विदेशी पर्यटक भने ९४ हजार आएका छन्। त्यस्तै सार्क मुलुकबाट आउनेको सङ्ख्या ३६ हजार चार सय रहेको निकुञ्जले जानकारी दिएको छ।
गत वर्षमा ३ लाख ६ हजार ८३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्। अघिल्लो आव २o२२/२०२३ मा २ लाख ९९ हजार ४१२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भने, गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष २०२२/२०२३ भन्दा ७ हजार ४२५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन्। गत आर्थिक वर्ष २०२३/२०२४ मा १ लाख ७६ हजार ३१६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए। आर्थिक वर्ष २०२२/२०२३ मा २ लाख ५ हजार ६ सय ५ आन्तरिक पर्यटक यहाँ घुम्न आएका थिए।
चितवन र यहाँका पर्यटकीय क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि गर्न प्रचारप्रसारको व्यवस्था, हवाई तथा यातायातको सहज पहुँच हुनुपर्ने पर्यटनविज्ञ डा. विश्वराज सुवेदीले बताए। यहाँको पर्यटकीय क्षेत्रको प्रचार नेपाल मात्र नभई विदेशमा समेत गर्नुपर्ने उनले बताए। भारतका विभिन्न क्षेत्रमा प्रचारको कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने डा. सुवेदी बताउछन्।
सौराहाका पर्यटन व्यवसायीले गत वर्ष घुमौँ सौराहा कार्यक्रम लिएर नेपालको सीमावर्ती क्षेत्रमा प्रचारको कार्यक्रम गरेका थिए। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले वनारस, पटनालगायतको क्षेत्रमा चितवनको सौराहा, देवघाटधाम, चितवन निकुञ्जको प्रचार गरेको कारण पनि पर्यटकको सङ्ख्या वृद्धि भएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement